पाकिस्तानका नवनियुक्त प्रधानमन्त्रीको आज सपथ

डिसी नेपाल
२८ साउन २०८० ८:३४
228
Shares

इस्लामबाद। पाकिस्तानको कार्यबहाक प्रधानमन्त्री अनवर उल हकले आज पद तथा गोपनियताको सपथ लिँदैछन्। पाकिस्तानको संसद विघटन भएको दुई दिनपछि अर्थात हिजो हकलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको थियो।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति आरिफ अल्वीले उनलाई आज पद तथा गोपनियताको सपथ गराउने छन्। अन्वर बलुचिस्तान अवामी पार्टी (बीएपी) का सिनेटर हुन्। अनवर सन् २०१८ मा स्वतन्त्र उम्मेदवारका रूपमा पहिलो पटक सिनेटरको रुपमा निर्वाचित भएका थिए।

हिजो कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी पाएका अनवरको नाममा विपक्षी राजनीतिक दल र सरकारबीच सहमति भएको थियो।

अब उनले पाकिस्तानको संविधानअनुसार संसद विघटन भएपछि ९० दिनसम्म सरकार चलाउने छ। अब मुलुकमा निष्पक्ष निर्वाचन गराउने जिम्मेवारी पनि अन्वरको हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *