पूर्वमुख्यसचिव केशवराज राजभण्डारीको ‘पुतली बनी बस्न आयौ’ गीतको भिडियो सार्वजनिक
काठमाडौं। पूर्वमुख्यसचिव केशवराज राजभण्डारीको शब्द सिर्जना रहेको ‘पुतली बनी बस्न आयौ’को भिडियो सार्वजनिक गरिएको छ।
शुभबहादुर सुनामको संगीत तथा गायिका संगीता शाक्यको स्वर रहेको सो गीतलाई राजेश कुमार श्रेष्ठले एरेन्ज गरेका छन्।
निशा कार्की, अमन श्रेष्ठ, सचिना अर्याल, विवेक ठाकुर, डा.सचिन झालगायतको अभिनय रहेको उक्त गीतको भिडियोलाई जनक खड्काले छायांकन तथा निर्देशन गरेका छन्।
प्रेमीसँगको बिछोडलाई प्रस्तुत गरिएको भिडियोलाई नहकुल खड्काले सम्पादन गरेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment