अमेरिकामा भिषण आगलागीमा परी मृत्यु हुनेकाे संख्या ९३ पुग्याे

डिसी नेपाल
२९ साउन २०८० ७:२७
492
Shares

हवाई। अमेरिकाको जंगलमा लागेको भिषाण डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन। एक सातादेखि लागेको डढेलोमा परेर अहिलेसम्म मृत्यु हुनेको संख्या ९३ पुगेको अधिकारीहरूले जनाएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाको हवाईको जंगलमा लागेको आगलागीका कारण अहिलेसम्म ९३ जनाको मृत्यु भएको पुष्टी भएको छ।

स्थानीय प्रहरी अधिकारीका अनुसार मृत्यु हुनेको संख्या अझै बढन सक्ने छ भने सो आगलागीको चपेटामा परी सयौं घाइतेसमेत भएका छन्। अमेरिकाको जंगलमा विगत १०० वर्षमा लागेको यो सबैभन्दा भयानक आगो हो।

हवाईका गभर्नरले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने आशंका व्यक्त गरेका छन्। माउई र लाहैना जस्ता सहरमा २२ सयभन्दा बढी घरहरु जलेका छन् भने सयौं सवारी साधान पनि आगजानीका कारण ध्वस्त भएका छन्।

बिजुली तथा खानेपानीसमेत नहुँदा मानिसहरूकाे दैनिक जीवन थप कष्टकर भएकाे छ। अधिकांश मानिसले घर छाडेर हिँडेका छन्।

हवाईमा आगलागीका कारण ४९ लाख ७७ हजार करोडको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। गभर्नरका अनुसार हरेक दिन करिब १५ हजार मानिसले आफ्नो घर छाड्नुपरेको छ।

हवाई राज्यमा भएको भिषण आगलागी कारण सयौं भौतिक संरचनामा ध्वस्त भएपछि राष्ट्रपति जो वाइडेनले संघीय सरकारले पुननिमार्णमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् भने डढेलो निभाउनका लागि हरसम्भवः प्रयास गर्न निर्देशनसमेत दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *