मेलबर्न निवासी गीतकार प्रदिप पोख्रेलको शब्दमा रहेको ‘चारकुने रुमाल’ सार्वजनिक (भिडियो)
काठमाडौं। दर्जनौ सुपरहिट गीतहरूमार्फत दर्शक स्रोताको मन जितिसकेका गायक तथा संगीतकार अल्मोडा राना उप्रेतीको सुमधुर स्वरमा सजिएको ‘चारकुने रुमाल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा उनलाई रियालिटी शो द भ्वाइस अफ नेपालबाट चर्चामा आएकी गायिका सुरक्षा सेन्चुरीले स्वरमा साथ दिएकी छिन्।
प्रेमिल शैलीको गीतमा प्रदिप पोख्रेलको शब्द छ भने टिका दाहालको संगीत रहेको छ। गीतमा स्वयम गायक उप्रेतीको संगीत संयोजन रहेको छ। गीतको भिडियोमा अभिनेत्री तथा मोडल प्रकृति श्रेष्ठ, कृतिका श्रेष्ठ र गायक उप्रेती फिचर्ड छन्। रंगीत बल्लव उप्रेतीकोको निर्देशनमा भिडियो तयार पारिएको हो।
‘लिजेन्स इन्टरनेशनलको एजुकेशन’को सहयोग रहेको गरिएको यस गीतको भिडिलाई गायक उप्रेतीको अफिसिएल युट्युव च्यानल ‘अल्मोडा राना उप्रेती’ मार्फत सार्वजनिक भएको हो। म्युजिक भिडियो दर्शक सोर्तालाई मनपर्ने कुरामा निर्माण टिम आशावादी रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment