सुन तस्करी प्रकरण : थप तीन चिनियाँ नागरिक पक्राउ, ३० लाख रुपैयाँ बरामद

डिसी नेपाल
३० साउन २०८० १४:२०
468
Shares

काठमाडौं। सुन तस्करी प्रकरणमा थप तीनजना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

२ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको सुन तस्करी प्रकरणमा मंगलबार थप पक्राउ परेका थप तीनजनाको साथबाट ३० लाख रुपैयाँ पनि बरामद गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ।

२ साउनमा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको सुनको पगाल्ने काम मंगलबार सकिएको छ। मोटरसाइकल र स्कुटीको ब्रेक सुभित्र राखेर भित्र्याइएको उक्त सुन गालिसकेकाले तौलबारे मंगलबार जानकारी दिने तयारी गरिएको छ।

सोमबार ब्रेक सुबाट सुन बाहिर निकाल्दा ६० केजी ७८९ ग्राम भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *