पाकिस्तानको पञ्जाब प्रान्तमा ईशनिन्दाको आरोपमा एक हिन्दू पक्राउ
काठमाडौं । पाकिस्तानको पञ्जाब प्रान्तमा मुस्लिम धर्मावलम्बीहरूका बारेमा अपमानजनक टिप्पणी गरेको आरोपमा एक हिन्दू व्यक्तिलाई पक्राउ गरिएको छ। यो खबर बाहिर आएपछि भीड आक्रोशित भयो, त्यसपछि उनलाई भीडबाट बचाएर जेल पठाइयो ।
प्रहरीले प्रान्तीय राजधानी लाहोरबाट करिब ४०० किलोमिटर टाढा पश्चिमी रहिम यार खान जिल्लाका बासिन्दा अकबर रामलाई पक्राउ गरेको छ। सोही इलाकामा बस्ने फैसल मुनिर नामका व्यक्तिको उजुरीका आधारमा उनलाई प्रहरीसमक्ष दुई साक्षी पेश गरी अभियुक्त विरुद्ध मुद्दा दर्ता गरिएको थियो ।
रहिम यार खानको कोटसाम्बा प्रहरी चौकीका इन्स्पेक्टर सफदर हुसेनले सोमबार भने कि प्रहरीले संदिग्ध अकबर रामलाई अगस्ट ११ मा ईशनिन्दाको आरोपमा गिरफ्तार गरी गाउँको शान्ति सुरक्षा बिग्रिनबाट रोक्नको लागि तत्कालै न्यायिक हिरासतमा जेल पठाएको थियो।
अकबर राम विरुद्ध ब्लास्फेमी एक्ट (पाकिस्तान दण्ड संहिताको धारा २९५-ए) र पञ्जाब मेन्टेनेन्स अफ पब्लिक अर्डर अध्यादेश अन्तर्गत मुद्दा दर्ता गरिएको छ। प्रहरी समयमै पुगेर अकबर रामको ज्यान बचाएको अधिकारीहरूले बताएका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment