पाकिस्तानी अभिनेताले बिमानमा बम राखेको दाबी गरेपछि सिड्नीमा तनाव
सिड्नी। मलेसिया एयरलाइन्सको विमानमा यात्रा गर्दा आफ्नो झोलामा बम राखेको झूटो दाबी गर्ने पाकिस्तानी मूलका एक व्यक्तिलाई अष्ट्रेलिया यात्रा महँगो परेको छ।
गत सोमबार विमानमा बम भएको हल्ला फैलिए पछि त्यहाँ हंगामा मच्चिएको थियो। तर उक्त व्यक्तिको दाबी पछि झुटो सावित भएको थियो। यसै क्रममा अष्ट्रेलियाका अधिकारीहरूले पाकिस्तानी मूलका ती व्यक्तिलाई पक्राउ गरेका छन्।
अभियुक्तको पहिचान पूर्व पाकिस्तानी मोडल तथा अभिनेता मुहम्मद आरिफको रूपमा भएको थियो। याे घटना पछि सार्बजनिक भएकाे हाे।
मिडिया रिपोर्टका अनुसार सोमबार ४५ वर्षीय आरिफले सिड्नीबाट क्वालालम्पुरका लागि मलेशिया एयरलाइन्सको उडानमा आफ्नो झोलामा ‘विस्फोटक’ रहेको दाबी गरेका थिए। त्यसपछि उनी पनि विमानको करिडोरमा उभिएर धार्मिक कुरा गर्न थाले।
यो घटनाको भिडियो भाइरल भएको छ। जसमा उक्त व्यक्ति विमानको गल्लीमा प्रार्थना गरिरहेको र अल्लाहप्रति वफादारीको बारेमा बारम्बार मानिससँग कुरा गरिरहेको देखिएको छ।
अष्ट्रेलियाली प्रहरीले आरोपितले धम्कीपूर्ण बयान दिए पछि र आरिफलाई हिरासतमा लिएर उडान सिड्नी फर्कनुपर्ने बताएको छ।
मिडिया रिपोर्टका अनुसार आरिफका वकिल मुस्तफा दाउदीले उनका ग्राहकलाई गम्भीर मानसिक समस्या रहेको र घटनाको समयमा उनको मानसिक अवस्था ठीक नभएको बताएका छन्।
सन् २००२ मा प्रसिद्ध पाकिस्तानी गायक अबरार उल हकको गीत ‘प्रीतो’ को म्युजिक भिडियोमा मोहम्मद आरिफ देखा परेको मिडिया रिपोर्टले दाबी गरेको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment