आफ्नो देश आएका अमेरिकी सैनिकबारे उत्तर कोरियाले भन्यो-नश्लीय बिभेद भएपछि शरण लिन आए

डिसी नेपाल
३१ साउन २०८० १०:१८
204
Shares

प्योङयाङ। उत्तर कोरियाले अमेरिकी सैनिक ट्राभिस किङलाई लिएर ठूलो दाबी गरेको छ ।

उत्तर कोरियाले अमेरिकी सैनिक ट्राभिस किङ माथी अमेरिका र अमेरिकी सेनामा अमानवीय दुर्व्यवहार र जातीय भेदभावका कारण यहाँ शरण खोजेको दाबी गरेको छ।

उत्तर कोरियाको राज्य मिडियाका अनुसार जुलाई १८ मा दक्षिण कोरियाबाट ट्राभिस किङ सिमा पार गरेर आएको पहिलोपटक सार्बजनिक गरेको थियो ।

ट्राभिस किङ उत्तर र दक्षिण कोरियाको सीमा रहेको संयुक्त सुरक्षा क्षेत्रको भ्रमणका क्रममा उत्तर कोरिया प्रवेश गरेका थिए। अमेरिकी अधिकारीहरूले उक्त सैनिकले जानाजानी सीमा पार गरेको र उसलाई युद्धबन्दीको रूपमा वर्गीकरण गर्न अस्वीकार गरेको बताएका थिए ।

उत्तर कोरियाको आधिकारिक समाचार एजेन्सीले रिपोर्ट गरेको छ कि उत्तर कोरियाली अन्वेषकहरूले भने कि ट्राभिस किङले जानाजानी र गैरकानूनी रूपमा सीमा पार गरे किनभने उनी उत्तर कोरिया वा तेस्रो देशमा बस्न चाहन्छन्।

‘अनुसन्धानका क्रममा ट्राभिस किङले अमेरिकी सेनामा हुने अमानवीय व्यवहार र जातीय भेदभावको भावना भएकाले जनवादी गणतन्त्र कोरिया आउने निर्णय गरेको स्वीकार गरेका छन,’ उतर कोरियाको समाचार एजेन्सीले भनेको छ।

उनले उतर कोरिया वा अन्य तेस्रो देशमा शरण लिने इच्छा पनि व्यक्त गरेको समाचार एजेन्सीले जनाएको छ । उसका अनुसार ‘उनी असमान अमेरिकी समाजबाट मोहभंग भएका छन ।’

समाचार एजेन्सीले अगाडी भनेको छ कि, ‘ट्राभिस किङलाई सीमा पार गरेपछि कोरियाली जन सेनाका सैनिकहरूले नियन्त्रणमा राखेका थिए र अनुसन्धान अझै सक्रिय छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *