रुसमा पेट्रोल पम्पमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या ३५ पुग्यो

डिसी नेपाल
३१ साउन २०८० १३:४०
684
Shares

काठमाडौं । रुसमा एउटा पेट्रोल पम्पमा भएको विस्फोटमा अहिलेसम्म कम्तिमा ३५ जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस भयानक विस्फोटमा ज्यान गुमाएका मानिसहरूप्रति समवेदना व्यक्त गरेका छन्।

घटना स्थानीय समय अनुसार सोमबार राति ९.४० बजे क्यास्पियन सागरको तट नजिक रहेको मखाचकला सहरमा भएको हो ।

विष्फोटपछि दुर्घटनास्थलमा जताततै आगो देखिएको थियो र यसलाई नियन्त्रण गर्न धेरै दमकल पठाइएको थियो।

स्थानीय सञ्चारमाध्यमका अनुसार पेट्रोल पम्प नजिकै रहेको कार मर्मत केन्द्रबाट आगो फैलिएको थियो ।

रुसको समाचार एजेन्सी ‘इन्टरफ्याक्स’ले चिकित्सकहरूलाई उद्धृत गर्दै मृतकमध्ये तीन बालबालिका रहेको जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *