नेचर हर्ब्स इन्टरनेशनलको चौथो वार्षिकोत्सव सम्पन्न
काठमाडौं। नेचर हर्ब्स इन्टरनेशनलको चौथो वार्षिकोत्सव सोमबार सम्पन्न भएको छ ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको प्रमुख आतिथ्यतामा ललितपुरमा एक समारोहका बीच चौथो वार्षिकोत्सव तथा वार्षिक साधारणसभा सम्पन्न भएको हो।

कार्यक्रममा कम्पनीले स्वदेशी स्वास्थ्यवर्धक उत्पादनहरुको बजारीकरण अझै उत्साहका साथ अघि बढाएर स्वाधीन अर्थतन्त्र निर्माणमा योगदान गर्ने बताएको छ।

कार्यक्रममा कम्पनीले आफ्ना उत्कृट वितरकहरुलाई पुरस्कार एवं सम्मान पनि प्रदान गरेको थियो। कम्पनीले विगत ४ वर्षदेखि नेचरनेस्ट प्रालिका विभिन्न रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वस्थ तथा सौन्दर्यवर्धक उत्पादनको प्रत्यक्ष बिक्री प्रणालीमार्फत बजारीकरण गर्दै आएको छ।

कम्पनीले प्रकृतितर्फ फर्कौं हरियाली रोजौ भन्नी मुल उदेश्य को साथ मेड इन नेपाल लेखेको नेपाली उत्पादनलाई नेचर हर्ब्स इन्टरनेशनलले सिङ्गापुर, मलेसिया, हङकङ, युएई, कतार, भारतलगायत विभिन्न देशमा पनि नेपाली निर्यात तथा बजारीकरण गरिरहेको छ संस्थाका अध्यक्ष जिबि राई ले बताए।

No ads found for this position

डिसी नेपाल
Facebook Comment