हिमालयन ८०-२० मा आवेदन दिने आज अन्तिम दिन

डिसी नेपाल
१५ भदौ २०८० १०:५७
68
Shares

काठमाडौं। ‘हिमालयन ८०-२०’ मा आवेदन दिने आज भदौ १५ गते शुक्रबार अन्तिम दिन हो।

लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन्। हिमालयन क्यापिटलले साउन ३२ गतेदेखि बन्दमुखी म्युचुअल फन्ड योजना ‘हिमालयन ८०-२०’ को बिक्री खुला गरेको हो।

क्यापिटलले हिमालयन ८०-२० को कुल १ अर्ब रुपैयाँको १० करोड इकाई बिक्री खुला गरेको हो। यसमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत कोष प्रवर्द्धक हिमालयन बैंकलाई सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

यो म्युचुअल फन्डमा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ। यसमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईका लागि आवेदन दिन सकिनेछ । यो म्युचुअल फन्डमा आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत अनलाइन आवेदन दिन सकिन्छ।

हिमालयन क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड योजना हो। यस योजनाको परिवक्व हुने अवधि १० वर्ष रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *