भारतको रेलवे बोर्डले पहिलो महिला अध्यक्ष र सीईओ पायो
काठमाडौं । भारतको केन्द्रीय मन्त्रिपरिषद्को नियुक्ति समितिले भारतीय रेल व्यवस्थापन सेवा अधिकारी जय वर्मा सिन्हालाई रेलवे बोर्डको अध्यक्ष र मुख्य कार्यकारी अधिकारी (सीईओ) नियुक्त गरेको छ।
समाचार एजेन्सी एएनआईका अनुसार उनी यस पदमा नियुक्त हुने पहिलो महिला हुन्। जया वर्मा सिन्हाले सन् १९८८ मा भारतीय रेलवे ट्राफिक सेवाबाट आफ्नो करियर सुरु गरेकी थिइन्।
यो नियुक्ति हुनु अघि, जय वर्मा सिन्हाले रेलवे बोर्डमा सञ्चालन र व्यवसाय विकासको काम हेर्दै थिइन् ।
३५ वर्षको आफ्नो करियरमा उनले रेलवेको अपरेशन, कमर्शियल, आईटी र सतर्कता जस्ता विभागहरूमा धेरै महत्त्वपूर्ण जिम्मेवारीहरू सम्हालेकी छिन्।
वर्मा ढाकास्थित भारतीय उच्चायोगमा रेलवेको सल्लाहकार पनि थिइन् । उनको कार्यकालमा कोलकातादेखि ढाकासम्म मैत्री एक्सप्रेस ट्रेन सुरु भएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment