नेपाली जनसम्पर्क समिति अमेरिकाद्वारा बिपी साहित्य महोत्सव सफलताको शुभकामना

डिसी नेपाल
२४ भदौ २०८० २०:०९
172
Shares

काठमाडौं। नेपाली जनसम्पर्क समिति अमेरिकाले ‘प्रथम बिपी साहित्य महोत्सव’ सफलताको शुभकामना व्यक्त गरेको छ।

जनसम्पर्क समितिका सभापति एवम् कांग्रेस पूर्वकेन्द्रीय सदस्य समेत रहेका आनन्द विष्टले एक विज्ञप्ती जारी गर्दै नेपाली कांग्रेसको आयोजनामा आजबाट तीन दिनसम्म सञ्चालन हुने महोत्सवको सफलताको शुभकामना व्यक्त गरेका हुन्।

‘कांग्रेसले केन्द्रीय कार्यसमितिले नेपाली राजनीतिका शिखर पुरुष, महामानव विश्वेश्वरप्रसाद कोइरालाको ११०औं जन्मजयन्तीका अवसरमा ‘प्रथम बिपी साहित्य महोत्सव’ आयोजना गर्ने खवरले हर्षित तुल्याएको छ। आजबाट तीन दिनसम्म (भदौ २४,२५ र २६ गतेसम्म) जारी रहने यो महोत्सव पूर्ण सफलताको लागि शुभकामना व्यक्त गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

आइतबारदेखि कांग्रेस मुख्यालय सानेपामा बिपी साहित्य महोत्सव सुरु भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *