सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल पक्राउ

डिसी नेपाल
२५ भदौ २०८० २०:२०
768
Shares

काठमाडौं । प्रहरीले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष कुमार रम्तेललाई पक्राउ गरेको छ ।

उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरले रम्तेललाई पोखरा पठाउन लागेको जानकारी दिए ।

प्रहरीले ग्यालेक्सी टिभीका सञ्चालक र सो सहकारीका अध्यक्ष जिबी राईसहित ७ जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । राई भने फरार रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *