यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?
काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ८२ पैसा र बिक्री दर १४२ रुपैयाँ ८६ पैसा रहेको छ।
आज बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ १ पैसा र बिक्री दर १६५ रुपैयाँ ७५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। कुवेती दिनार एकको खरिद दर ४२८ रुपैयाँ ८४ पैसा र बिक्री दर ४३० रुपैयाँ ७८ पैसा रहेको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment