माछापुच्छ्रे बैंकको असोज १८ गते साधारण सभा बस्ने
काठमाडौं। माछापुच्छ्रे बैंकले असोज १८ गते बिहीबार वार्षिक साधारण सभा डाकेको छ।
साे सभा होटल पोखरा ग्राण्ड पार्दीमा बिहान ११ बजेदेखि सुरु हुनेछ। उक्त सभामा बैंकले सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको १३.३०% बोनस र कर प्रयोजनको लागि ०.७०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेको उक्त लाभांश अब बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरे पछि मात्रै सेयर धनीहरुलाई वितरण हुनेछ।
साथै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ।
लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि उक्त सभाले पारित गर्नेछ। साधारण सभा प्रयोजनार्थ बैंकले असोज ८ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ। तसर्थ, असोज ७ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment