आजको विदेशी मुद्रा विनिमय दर, क्यानेडियन डलर ९७ रूपैयाँ बढी
काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ४८ पैसा र बिक्री दर १३३ रुपैयाँ ०८ पैसा रहेको छ भने युराेपियन युरो एकको खरिद दर १४२ रुपैयाँ २५ पैसा र बिक्री दर १४२ रुपैयाँ ८९ पैसा कायम गरिएकाे छ।
अष्ट्रेलियन डलर खरिदमा ८४ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८५ रुपैयाँ २९ पैसामा खरिदबिक्री हुदाँ क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९८ रुपैयाँ ११ पैसा तथा बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ३१ पैसा र बिक्री दर १६६ रुपैयाँ ०६ पैसा कायम हुन पुगेकाे छ।
जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९ रुपैयाँ ३ पैसाकाे भाउ पाउँदा दक्षिण काेरीया वन १०० को खरिदमा ९ रूपैयाँ ९७ पैसा र बिक्रीदर १० रूपैयाँ १ पैसामा काराेबार गर्न सकिनेछ।
उता, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३३ पैसा र बिक्री दर ३६ रुपैयाँ ५० पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३२ रुपैयाँ र बिक्री दर ३५.४८ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.३१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४४ रुपैयाँमा काराेबार गर्ने अनुमति दिएकाे छ।
साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२९.२५ पैसा र विक्रीदर ४३१.२ पैसामा काराेबार हुनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment