प्रवासी मञ्ज महिला विभागको आयोजनामा तीज विशेष कार्यक्रम
अमेरिका। प्रवासी मञ्च महिला विभाग अमेरिकाले जुममार्फत संसारभर छरिएर रहेका नेपाली चेलीहरुबीच तीज विशेष कार्यक्रमको आयोजना गरेको छ।
तीजको अवसर पारेर प्रवासी मञ्चको अन्तर्राष्ट्रिय कमिटी महिला विभागको सहयोगमा सम्पन्न संसारभरका करिव ५ सय नेपाली महिला सहभागी भएको शुभकामना कार्यक्रम शुभकामनामा सीमित नभएर साच्चिकै नेपाली तीजको नेपाली चेलीहरुबीच आफ्ना सुख दुःख आदान प्रदान गर्ने पर्वको रुपमा मनाएका थिए।
तीजको महत्व भन्दा पनि पछिल्लो समय भद्दा बनाउँदै गलिएको वर्तमान वरिवेशमा तीजको वास्तविक महत्व बुझाउन र यसको रक्षा गर्नका लागि कार्यक्रमको आयोजना गरिएको प्रवासी नेपाली मञ्च अमेरिकाका उपाध्यक्ष मनिता ढुंगानाले जानकारी दिइन्।
कार्यक्रममा संसारभर छरिएर रहेका नेपाली दिदीबहिनी नेपाली पोशाकमा सजिएर आफ्ना कथा, व्यथा र विभिन्न प्रस्तुतीहरु गीत, गजल, कविता र नृत्यमार्फत व्यक्त गरेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment