चार किलो चरेससहित एक जना पक्राउ

डिसी नेपाल
४ असोज २०८० १९:१८
44
Shares

धनगढी ।  कैलालीमा चार किलो चरेससहित एक जना पक्राउ परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिकाको राजिपुर क्षेत्रबाट लागुऔषध चरेससहित एक जनालाई पक्राउ गरेको हो।

बझाङको सुर्मा गाउँपालिका घर भइ राजिपुर  बस्दै आएका ४४ वर्षीय  सालिमान पुजारालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। उनको साथबाट ४ किलो ८ सय ग्राम चरेश र ५०० दरका ३७ नोट गरेर  १८ हजार पाँच सय भारतीय रूपैयाँ समेत बरामद गरिएको छ।

उनलाई लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र प्रहरी प्रदेश कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो। पुजारालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *