सुनचाँदीको भाउमा आयो गिरावट, आजको मूल्य कति ?

डिसी नेपाल
९ असोज २०८० १३:००
1.1k
Shares

काठमाडौं। सुनको भाउ आज प्रतितोला ४०० रुपैयाँले घटेको छ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ११ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ६५० रुपैयाँ निर्धारण भएको छ।

यसअघि, सोमबार छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ कायम भएको थियो। यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ११ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो। आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर तोलाको १४ सय रुपैयाँ कायम भएको छ।

सोमबार चाँदीको भाउ प्रतितोला १४ सय ३० रुपैयाँ कायम रहेको थियो। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९१३.७६ डलरमा र चाँदी प्रतिऔंस २२.९७ डलरमा कारोबार भइरहेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *