आजको विदेशी मुद्राको विनिमय दर, अमेरिकन डलर १३२ रूपैयाँ बढी
काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८६ पैसा र बिक्री दर १३३ रुपैयाँ ४६ पैसा रहेको छ भने युरो एकको खरिद दर १४० रुपैयाँ २२ पैसा र बिक्री दर १४० रुपैयाँ ८५ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ६३ पैसा र बिक्री दर १६२ रुपैयाँ ०५ पैसामा काराेबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८४.६१ रुपैयाँ र बिक्री दर ८४.९९ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९८ रुपैयाँ २६ पैसा, बिक्रीदर ९८ रुपैयाँ ६० पैसामा खरिदबिक्री गर्न सकिनेछ।
जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९० पैसा र बिक्रीदर ८ रुपैयाँ ९४ पैसामा काराेबार हुदाँ दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ८३ पैसा र बिक्री दर ९ रूपैयाँ ८७ पैसा कायम गरिएकाे छ।
उता, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४२ रुपैयाँ र बिक्री दर ३५.५८ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.२२ रुपैयाँ र बिक्री दर २८.३५ रुपैयाँ कायम गरिएकाे छ।
साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२९.६६ पैसा र विक्रीदर ४३१.६० पैसामा काराेबार हुनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment