सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं। सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज असोज १४ गते आइतबार अन्तिम दिन हो।
साधारण सभा प्रयोजनका लागि असोज १५ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनि सक्नुपर्नेछ । यस बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ५.७९% नगद लाभांश (कर सहित) वितरण गर्दैछ।
सिटिजन्स बैंकले असोज २६ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा अमृतभोग, कालिकास्थान डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । साथै, सभामा आर्थिक वर्ष २०७९-८० को संञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ।
सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ । त्यस्तै, आर्थिक वर्ष २०८०-८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment