दैनिक घट्न थाल्याे सुनको मूल्य

डिसी नेपाल
१४ असोज २०८० ११:३६
1.6k
Shares

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीकै मूल्य घटेको जानकारी दिएको छ।

महासंघले आजको बजार भाउ तय गर्दै गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको जानकारी दिएको हो।

तोलामा ८०० रुपैयाँले घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार रुपैयाँ छ। यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ५०० रुपैयाँ कायम भएको छ। गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ३०० रुपैयाँ थियो।

यस्तै, आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ। महासंघले प्रतितोला ३५ रुपैयाँले घटेसँगै चाँदीको कारोबार १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । गत साताको शुक्रबार १३ सय ९५ रुपैयाँ कायम थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *