बिहान खाली पेटमा कफी पिउनुहुन्छ ? यस्तो हुन सक्छ!

डिसी नेपाल
१४ असोज २०८० १३:५६
424
Shares

काठमाडौं। मानिसहरूलाई कफीको स्वाद र गन्ध धेरै मनपर्छ। विश्वमा कफीलाई चिया पछिको दोश्रो प्रख्यात पेय पदार्थको रूपमा लिइन्छ ।कफीमा स्फूर्ति ल्याउने क्याफिन हुन्छ । यसले मानसिक र शारीरिक थकान मेट्छ, अल्छीपन र निद्रा हटाउँछ । यसमा कार्बोहाइड्रेट, प्रोटीन, अम्ल (क्लोरोजेनिक एसिड), बास्ना (भोलाटाइल कम्पाउण्ड) र अन्य रसायन (कार्बोक्सिलिक एसिड) पाइन्छ । धेरै अनुसन्धानले कफी पिउनुका धेरै फाइदाहरू पत्ता लागेको छ।

कफीले मुटुको स्वास्थ्य, मधुमेह, अल्जाइमर र क्यान्सरबाट पनि बचाउन मद्दत गर्छ। तर कफीका फाइदाहरू सुनेपछि बिहान बेलुका कफी पिउनुहुन्छ भने थाहा पाउनुहोस्। यो सोच स्वास्थ्यका लागि बिल्कुलै राम्रो होइन ।

बिहान खाली पेटमा पहिलो कप कफी पिउनु नै धेरै रोगलाई निम्तो दिनु हो।

बिहान खाली पेटमा कफि पिउनुका बेफाइदाहरुः

मुड स्विङः यदि तपाई बिहान खाली पेटमा कफी पिउन मन पराउनुहुन्छ भने जान्नुहोस् कि यसले तपाईको तनावको स्तर बढाउँछ र मुड स्विङको समस्या निम्त्याउँछ। वास्तवमा, कफी पिउनाले कोर्टिसोल हार्मोनको उत्पादन बढाउँछ। जसले तनावलाई बढाउँने गर्दछ। जसका कारण बिहानैदेखि तपाईलाई तनाव महसुस हुन थाल्छ ।

हार्मोनल असन्तुलन बढ्छः कोर्टिसोल हर्मोनले तनाव मात्र बढाउँदैन तनावका कारण अन्य रोगहरू पनि आउन थाल्छन् । हर्मोनल असन्तुलन महिलामा ओभुलेशनको समस्या बढाउने सबैभन्दा ठूलो कारण हो। यसले तौल पनि बढाउँछ ।

एसिडिटीको समस्याः यदि तपाइँ आफ्नो बिहानको सुरुवात एक कप कफीबाट गर्नुहुन्छ भने, थाहा पाउनुहोस् यो तपाइँको पाचन प्रणाली बिगार्न पर्याप्त छ। खाली पेटमा कफी पिउनाले पेटमा एसिडको उत्पादन बढ्छ । जसका कारण अपच, पेट फुल्ने, वाकवाकी लाग्ने जस्ता समस्या हुन थाल्छ ।

रक्त शर्करा बिर्गाछः बिहान उठ्ने बित्तिकै कफी पिउनुभयो भने यसले रगतमा चिनीको मात्रालाई पनि असर गर्छ । जसका कारण बिहानैदेखि रगतमा चिनीको मात्रा घट्न थाल्छ ।

शरीर सुन्निने हुन सक्छः खाली पेटमा कफी पिउँदा अक्सिडेटिभ तनाव बढ्छ। जसका कारण शरीर सुन्निन थाल्छ र यो सुन्निनेका कारण मधुमेह, थकान, छालाको समस्या र अटो इम्युन डिजिज जस्ता समस्या हुन थाल्छ ।

साँझको कफीले निद्रामा समस्या निम्त्याउँछः बेलुकीपछि कफी पिउनुभयो भने यसमा पाइने क्याफिनको मात्राले मस्तिष्कलाई उत्तेजित गर्छ । जसका कारण निद्रा भाग्छ । साँझपख कफी पिउने हो भने अनिद्राको समस्या हुन थाल्छ ।

कफी पिउने सही समय कहिले हो?: कफी पिउनाले हुने हानिबाट बच्न चाहनुहुन्छ भने विज्ञ पोषणविद्का अनुसार बिहानको खाजापछि कफी पिउनु स्वास्थ्यका लागि हानिकारक हुँदैन र आवश्यक सबै फाइदाहरू प्रदान गर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.