विश्व सांस्कृतिक उत्सवमा नेपालको दमदार प्रस्तुती (फोटोफिचर)

डिसी नेपाल
१८ असोज २०८० १०:५८
296
Shares

अमेरिका। वाशिंटन डिसीमा सम्पनन विश्व सांस्कृतिक उत्सव २०२३ मा नेपालले सक्रिय सहभागीता जनाएको छ। विश्व सांस्कृतिक उत्सवमा नेपालले विभिन्न जाति जातिका झाँकीसहितका नृत्य प्रदर्शन गरेको छ।

सेप्टेम्बर २९ देखि अक्टोबर १ सम्म आयोजना भएको सांस्कृतिक उत्सवमा १८० देशका प्रतिनिधिहरुले आफ्नो सांस्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए।

सांस्कृतिक उत्सवमा नेपालका १५० भन्दा बढी कलाकारले दमदार प्रस्तुती दिएका थिए। नेपाली कलाकारले नेपालका हिमाल, पहाड तराईदेखि उपत्यकासम्मका सांस्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए।

उक्त प्रस्तुतीका लागि नेपाली कलाकारले विगत चार महिनादेखि कडा अभ्यास गरेका थिए। उनीहरुलाई सय भन्दा बढी स्वयं सेवकहरुले सहयोग गरेका थिए।

नेपाल एजुकेशन एण्ड कल्चर सेन्टर (एनईसीसी) मेरिल्याण्डले कार्यक्रम सफल बनाउन विशेष पहल गरेको थियो। नेपाली कलाकारको सांस्कृतिक प्रस्तुतीलाई भव्य र सभ्य बनाउन कोरियोग्राफर यज्ञमान शाक्यले कोरियोग्राफी गरेका थिए।

विश्वभरका विभिन्न संस्कृति बोकेका राष्ट्रलाई एकै थलोमा जम्मा गरी एकै सुत्रमा बाँध्ने पहल आर्ट अफ लिभिङका संस्थापक तथा अत्याध्मिक गुरु रविशंकरले गरेका हुन्।

नेपाली कलाकारले प्रस्तुती दिएपछि उद्योगपति तथा सांसद विनोद चौधरीले मन्तव्य राखेका थिए। नेपाली कलाकारले विभिन्न झाँकी र सांस्कृतिकसहितको प्रस्तुतीको विदेशी दर्शकले मुण्तकण्ठले प्रसंसा गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *