जोशी हाइड्रोपावरको एजीएम आज, हकप्रद सेयर ल्याउने प्रस्ताव पेश हुँदै

डिसी नेपाल
१९ असोज २०८० ८:४४
28
Shares

काठमाडौं। यसअघि स्थगित भएको जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साधारण सभा आज शुक्रबार असोज १९ गते बस्दैछ।

सभामा कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः०ः६५ अनुपात (६५%) मा हकप्रद सेयर निष्कासन गर्ने मुख्य प्रस्ताव पेश हुनेछ।

हकप्रद निष्कासन पश्चात पुँजी वृद्धी हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ। साधारण सभामार्फत संस्थापक समूहबाट जना १ र सर्वसाधारण समूहबाट पनि १ जना गरी कुल २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा गरेको छ।

सभा, सेलिब्रेसन हाइट, सुकेधारा काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ। सभा प्रयोजनका लागि कम्पनीले भदौ १८ गते बुक क्लोज गरिसकेको छ। यसर्थ, भदौ १७ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन सक्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *