आजको तरकारी तथा फलफूलको मूल्य, तिते करेला ६० रूपैयाँ

डिसी नेपाल
१९ असोज २०८० ९:३८
132
Shares

काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार टनेल गोलभेडा सानो प्रतिकेजी न्यूनतम मूल्य ५२, गोलभेडा सानो लोकल ४५, भारतीय गोलभेडा ठूलो ४०, घिउ सिमी लोकल ६०, काउली स्थानिय ७०, आलु रातो ५४, मुडे आलु रातो ४४, भारतीय आलु रातो ३४, लौका ३०, हरियो फर्सी ५०, घिरौला ५० रूपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

यसैगरी, डल्लेच्याउ प्रतिकेजी ३००, बन्दा लोकल ४०, गाँजर १२०, मूला सेतो ५०, भन्टा डल्लो ४०, भन्टा लाम्चो २०, मकै बोडी ७०, टाटे सिमी ५०, तितो करेला ६०, ब्रोकाउली २५०, कागती २००, भिण्डी ६०, न्यूरो ७०, रातो बन्दा ३५०, लोकल काक्रो ६०, अदुवा प्रतिकेजी १६० रूपैयाँ रहेको समितिले जनाएको छ । समितिका अनुसार कुरीलो प्रतिकेजी ५००, केरा दर्जन १४०, अनार ३५०, नासपाती ९०, आभोकाडो २००, कालो अंगुर ४००, किवि २५०, हरियो खुर्सानी अकबरे २०० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनिया १००, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २५०, परवर ४०, गुन्दुक प्रतिकेजी २५०, भारतीय प्याँज सुकेको ७०, लसुन हरियो २८०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ९०, शरीफा २००, फूजी स्याउ ३००, अम्बा ८०, मौसम १२०, जुनार ३२०, भारतीय सुन्तला १४०, पुदीना प्रतिकेजी ५००, अमला ६०, तोफु ११०, पिडाँलू ५०, तामा ९०, चुकुन्दर ७०, निबुवा ४०, बरेला १००, कन्य च्याउ ७०, तने बोडी प्रतिकेजी ६० रूपैयाँमा कारोबार भइरहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *