आजको विदेशी मुद्राको विनिमय दर, बेलायती पाउन्ड १६२ रूपैयाँ बढी
काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा रहेको छ भने युराेपियन युरो एकको खरिद दर १४० रुपैयाँ ३४ पैसा र बिक्री दर १४० रुपैयाँ ९८ पैसा कायम गरिएकाे छ।
बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ३० पैसा र बिक्री दर १६३ रुपैयाँ ०४ पैसा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८४.६ रुपैयाँ रहेको छ भने बिक्री दर ८४.९८ रुपैयाँमा काराेबार हुनेछ, साथै क्यानेडियन डलर खरिदमा ९६ रुपैयाँ ९५ पैसा, बिक्रीदर ९७ रुपैयाँ ३९ पैसामा खरिदबिक्री गरिनेछ।
जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९२ पैसा र बिक्रीदर ८ रुपैयाँ ९६ पैसा तथा दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ८७ पैसा र बिक्री दर ९ रूपैयाँ ९२ पैसा कायम गरिएकाे छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसामा काराेबार हुने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४३ रुपैयाँ र बिक्री दर ३५.५९ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३२ रुपैयाँ कायम गरिएकाे छ।
साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२९.८ पैसा विक्रीदर ४३१.७५ पैसा कायम भएकाे छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment