बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडाको बच्चा मृत फेला
फाइल फाेटाे
बर्दिया। बर्दिया राष्ट्रिय निकुञ्जबाट माउसँगै निस्केर बेपत्ता गैंडाको बच्चा(केटा) मृत फेला परेको छ। हराएको केटाको खोजीमा चार वटा हात्तीसहित परिचालित सुरक्षाकर्मीको टोलीले आइतबार मृत फेला पारेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ।
बर्दिया राष्ट्रिय निकुञ्जबाट गत बिहीबार गैंडाका माउ र बच्चा बाहिर निस्किएकोमा पोथी गैंडा सोही रात मृत फेला परेको थियो। करिब एक वर्ष उमेरको गैंडाको केटा बाघको आक्रमणबाट मरेको बताइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment