आजको विदेशी मुद्राको बिनिमयदर, क्यानेडियन डलर ९६ रूपैयाँ बढी
काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.९० रुपैयाँ रहेको छ भने बिक्री दर १३३.५० रुपैयाँ रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४०.७१ रुपैयाँ रहेको छ भने बिक्री दर १४१.३४ रुपैयाँमा खरिदबिक्री हुनेछ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६२.६७ रुपैयाँ रहेको छ भने बिक्री दर १६३.४० रुपैयाँ, अस्ट्रेलियन डलर एकको खरिद दर ८४.८४ रुपैयाँ र बिक्री दर ८५.२३ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९६ रुपैयाँ २७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७१ पैसामा कारोबार हुनेछ।
जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९० पैसा र बिक्रीदर ८ रुपैयाँ ९४ पैसामा कारोबार हुदाँ दक्षिण कोरिया वन १०० को खरिदमा ९ रूपैयाँ ८८ पैसा र बिक्री दर ९ रूपैयाँ ९३ पैसामा खरिदबिक्री गर्न सकिनेछ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४४ रुपैयाँ र बिक्री दर ३५.६१ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.२० रुपैयाँ रहेको छ भने बिक्री दर २८.३२ रुपैयाँमा कारोबार गरिनेछ ।
साथै, कुवेती दिनार १ को खरिद मूल्य ४२९.६८ पैसा र विक्रीदर ४३१.६२ पैसामा कारोबार हुनेछ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment