दुर्गा प्रसाईंलाई कालोमोसो दलियो
काठमाडौं । विवादास्पद अभिव्यक्ति दिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिले कालोमोसो दलेका छन्।
काठमाडौंको एक होटलमा प्रसाईं दिउँसो १२:४५ बजे पत्रकार सम्मेलन सकेर हलबाट बाहिरिएलगत्तै अज्ञात व्यक्तिले कालोमोसो दलेका हुन्।
प्रसाईं आफैंले गत वर्ष फागुनमा बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर ‘कालोमोसो दस्ता’ घोषा गरेका थिए। आज उनैलाई कालोमोसो दलिएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment