काठमाडौंको बसन्तपुरमा सुविधा सम्पन्न होटल इडेन एण्ड स्पा संचालनमा

डिसी नेपाल
२३ असोज २०८० ११:१५
684
Shares

काठमाडाै। काठमाडौंको ओमबहाल बसन्तपुरमा सुविधा सम्पन्न होटल ईडेन रेष्टुरेन्ट एण्ड स्पा संचालनमा आएको छ।

काठमाडौंको मुटु न्युरोड बसन्तपुरमा पर्यटकीय गन्तव्य न्युरोड, ठमेल असनसँगै अतिथिहरुलाई पायक पर्ने र मनोरञ्जन प्राप्त हुने, घुमघाम गर्न सहज र पर्यटकीय हिसाबले महत्वपुर्ण स्थानमा सेवा दिने भन्दै उक्त होटेल सन्चालनमा ल्याइएको हो।

त्यसैगरी संचालक दिलबहादुर बुढाका अनुसार होटलमा बस्नको लागि १६ वटा सुविधा सम्पन्न कोठा खानाको लागि राम्रो सिटी भ्यूसहितको रेष्टुरेन्ट एण्ड बार र स्पासहितको होटल संचालनमा आएको हो भने एयरपोर्ट पिकअप र ड्रपअफको सुबिधा समेत रहेको बताएका छन्।

लामो समयदेखि विदेशमा संसारभर नाम चलेका ५ स्टार होटलमा काम गरेको आफ्नो अनुभबलाइ स्वदेशमानै लगानी गरि मुलुकको अर्थतन्त्रलाई मजबुत पुर्‍याउने उद्देश्यले खोलिएको होटलमा पाउनाहरुलाई अतिथि सत्कारमा बिसेष प्राथमिकता दिने संचालक दिल बुढा बताउँछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *