सुन तस्करी प्रकरण : राहुल महरासहित चारजना विरूद्ध मुद्दा दायर
काठमाडौं। सरकारी वकिलको कार्यालय काठमाडौंले सुन तस्करी प्रकरणमा राहुल महरासहित चारजनाविरूद्ध मुद्दा दायर गरेको छ।
इलेक्ट्रिक चुरोट (भेप)भित्र ९ किलो सुन तस्करी गरी ल्याएको आरोपमा राहुल महरासहित चारजनाविरूद्ध बुधबार मुद्दा दायर गरेको हो । चारजना प्रतिवादीमध्ये तीनजना पक्राउ परेका छन् भने एकजना फरार छन् ।
पक्राउ परेका प्रतिवादीहरुमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल, काठमाडौंको नागार्जुन लोकेन्द्रकुमार पौडेल र बेल्जियमका नागरिक दावा छिरिङ रहेका छन् । प्रतिवादी बौद्धका निमा गुरूङ फरार छन्।
उनीहरूविरूद्ध आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी तथा संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर भएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment