विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज आज इजरायल जाने

डिसी नेपाल
२४ असोज २०८० १३:४६
484
Shares

काठमाडौं। सरकारले नेपाली विद्यार्थीको उद्धारका लागि बुधबार द्वन्द्वग्रस्त इजरायलमा विमान पठाउने भएको छ ।

गत शनिबारबाट हमासको आक्रमणमा परेको इजरायलमा रहेका नेपाली विद्यार्थीको उद्धारका लागि वायुसेवा निगमको जहाज त्यसतर्फ जान लागेको हो ।

नेपाल एयरलाइन्सको जहाज बुधबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर इजरायल  जाने तयारी गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

यसअघि बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्यटनमन्त्री सुदन किराँतीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रमुखलाई बोलाएर नेपालीको उद्धारका लागि जहाज तत्काल इजरायल पठाउने व्यवस्था गर्न निर्देशन दिएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *