हेमन्त कान्छा रसाइलीको स्वरमा ‘आमा तिम्रो तस्बिर दैलामा’ गीत सार्वजनिक
काठमाडौं। आमाको महिमा वर्णन गरिएको ‘आमा तिम्रो तस्विर दैलामा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। जसमा स्वर गायक तथा सारंगीवादक हेमन्त कान्छा रसाइलीको रहेको छ भने शब्द तथा संगीत खिमा नन्द खरेलको रहेको छ।
गायक हेमन्त कान्छाकै एरेन्ज रहेको गीतमा मिक्सिङ र मास्टरिङ श्याम श्वेत रसाइलीको रहेको छ । भिडियोमा गायक हेमन्त कान्छा , रमा थपलिया र बाल कलाकार इभान चैसीयारको मर्म स्पर्शी अभिनय देख्न सकिन्छ ।
भिडियोमा आमाको निधन भएपछि एक्लिएको छोराले हरेक सुख दुस्खमा सम्झनाका तरेलीमा डुब्दै आमासँग बिताएका ति क्षणहरुलाइ भावनात्मक शैलीमा देखाइएको छ ।
आमाको अल्पायुमानै निधन भएपछि छोराले गरेका प्रगतिलाई आमाले देख्न नपाएको कुरालाई मार्मिक तरिकाले उठाइएको छ । जसको निर्देशन हेमन्त कान्छाले गरेका हुन् । भिडियोको सम्पादन पदम सुबेदीले गरेका हुन् भने छायांकन किरण चौसीयारले गरेका हुन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment