थापाथलीमा जिउँदो खसी प्रतिकेजी ६७०, च्याङग्रा १२ सय ६० रुपैयाँ
काठमाडौं। काठमाडौंमा जिउँदो सरकारी खसीको मुल्य ६८० रुपैयाँ पर्ने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थापाथलीवाट बिक्री गरिने खसी, बोका र च्यांग्राको मूल्य सार्वजनिक गर्दै जिउँदो खसीको मूल्य तोकेको हो।
सो कम्पनीका अनुसार जिउँदो खसी, बोकाको मूल्य प्रतिकिलो ६८० रुपैयाँ तथा च्याङ्ग्राको प्रतिकिलो १२ सय ६० रुपैँयाका दरले बिक्री बितरण गरिनेछ।
सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार यस मूल्यमा प्रतिकेजी १० रुपैँया छुट दिएर बिक्री गरिने छ। जसअनुसार आज बिहान ८ बजेदेखि नै कम्पनीको थापाथलीस्थित कार्यालयबाट खसी बोका र च्याङग्रा बिक्रि सुरु हुनेछ।
छुटसहित खसी प्रतिकिलो ६ सय ७० र च्याङ्ग्रा १२ सय ५० रुपैयाँमा खरिद गरेर सर्बसाधारणले घर लैजान सक्ने छन्। यस दशैंका लागि कम्पनिले २ हजार खसीबोका र १ हजार वटा च्याङ्ग्रा काठमाडौं भित्राएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment