आजको बिदेशी मुद्राको बिनिमय दर, डलरको भाउ १३३ रुपैयाँ पुग्यो
काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसामा खरिद बिक्री गर्न सकिनेछ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९५ पैसा र बिक्री दर १३३ रुपैयाँ ५५ पैसामा कारोबार हुनेछ भने युरोपियन युरो एकको खरिद दर १४० रुपैयाँ ०४ पैसा र बिक्री दर १४० रुपैयाँ ६७ पैसामा खरिदबिक्री गर्न सकिनेछ।
बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ५९ पैसा र बिक्री दर १६२ रुपैयाँ ३२ पैसाले भाउँ पाउँदा क्यानेडियन डलरको खरिददर ९७ रूपैयाँ ५० पैसा तथा बिक्री दर ९७ रूपैयाँ ९४ पैसा तथा अष्ट्रेलियन डलर खरिद दर ८४ रूपैयाँ ८ पैसा तथा बिक्री दर ८४ रूपैयाँ ४६ रूपैयाँमा कारोबार हुनेछ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा कायम रहेको जनाएको राष्ट्र बैंकले जापनी एन ८ रूपैयाँ ८९ पैसामा खरिद गरिनेछ भने ८ रूपैयाँ ९३ पैसामा बिक्री गरिनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment