कम परिमाणमा पेट्रोलियम पदार्थ बेच्ने महालक्ष्मी पेट्रोल पम्प सिल
काठमाडौं। उपभोक्तालाई तोकिएभन्दा कम परिमाणमा पेट्रोलियम पदार्थ बिक्री गरेको पाइएपछि ललितपुरको सातदोबाटोस्थित महालक्ष्मी विश्वकर्मा ट्रेडर्स पेट्रोल पम्प सिल गरिएको छ।
आज विहान अनुगमन टोलीले निरीक्षणका क्रममा पेट्रोलियम पदार्थमा उपभोक्ता ठगेको भेटेपछि उक्त पेट्रोल पम्प सिल गरेको हो। ‘
विहान ९ बजे ललितपुर महानगर पालिका-१५ चापागाउँदोबाटो स्थित महालक्ष्मी बिश्वकर्मा पेट्रोल पम्पमा विभिन्न निकायका संयुक्त टोलीले अनुगमन गर्दा डिजेल कम दिएको भेटिएकोले उक्त पममा सिल गरिएको छ,’ एक अनुगमनकर्ताले भने।
पेट्रोलियम पदार्थमा ठगिएको भन्दै सर्वसाधरणबाट व्यापक गुनासो आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनमा अनुगमन थालिएको थियो।
अनुगमन टोलीले पेट्रोलियम पदार्थको परिमाणमा ठगी गर्ने तिनकुनेको गैरीगाउँस्थित भ्यालीबाबा पेट्रोल पम्प, शान्तिनगरको हरिसिद्धी आयल स्टोल, हलचोकस्थित सशस्त्र प्रहरीले सञ्चालन गरेको पेट्रोल पम्प र कलंकीको श्यामा आयल स्टोर सिल गरिसकेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment