सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो : शेखर काेइराला
मोरङ,३ कात्तिक : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको सहमतिमा केदार कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाइएको दाबी गरेका छन्।
विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोइरालाले कोशी प्रदेशको तत्कालीन परिस्थितिलाई दृष्टिगत गरी प्रदेशसभा सदस्य कार्कीको नेतृत्वमा रकार निर्माण गरिएको बताए।
संसदीय दलका नेता उद्धव थापाले दुई पटक मुख्यमन्त्री बन्ने अवसर पाएपनि त्यसलाई जोगाउन नसकेकाले आफूहरुले विकल्प खोजेको उनको भनाइ छ।
नेता कोइरालाले कोशीमा मध्यावधिको खतरा अहिलेका लागि टरेको बताए । कोशीमा अहिले बनेको सरकार सोही अनुरुप अगाडि बढ्ने उनको भनाइ छ । उनले कोशी प्रदेश सरकार गठनबाट सघीय र वागमती सरकारलाई कुनै असर नपर्ने बताए।
कोशी प्रदेश सरकारमा अहिले सहभागी दलले निरन्तरता पाउने बताउँदै नेता कोइरालाले आवश्यकताअनुसार तिहार अगाडि सरकार विस्तार हुने जानकारी दिए। उनले संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नहुनु संवैधानिक त्रुटी भएको टिप्पणी गरे।







डिसी नेपाल








Facebook Comment