नागरिकको अपेक्षालाई सार्थक बनाउन आवश्यक : डा शशांक

डिसी नेपाल
४ कार्तिक २०८० ६:३२
52
Shares

काठमाडाैं। नेपाली कांग्रेसको पूर्वमहामन्त्री डा शशांक कोइरालाले नागरिकको अपेक्षा तराई-पहाड-हिमाल, खुशी, सुखी नेपाली समृद्ध र समुन्नत नेपाललाई सार्थक बनाउन आवश्यक रहेको बताएका छन्।

बडा दशैंको शुभकामना दिँदै डा कोइरालाले दशैं जस्ता महान पर्वले नेपाल र नेपालीहरूमा आपसी एकता, सहिष्णुता, सद्भाव र समभाव सहितको आत्मीयतालाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

कोइरालाद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘नागरिकको अपेक्षातराई-पहाड-हिमाल, खुशी, सुखी नेपाली समृद्ध र समुन्नत नेपाललाई सार्थक बनाउन यि महान पर्वहरू आर्शिवाद दिने विश्वास लिदैं सबै नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दछु।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.