राष्ट्रपति पौडेलले ९१ वर्षीया भाउजूको हातबाट टिका ग्रहण गर्ने
काठमाडाैं। राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजु विष्णुमाया पौडेलको हातबाट यसवर्षको विजया दशमीको टिका ग्रहण गर्ने भएका छन्।
राष्ट्रपति पौडेलले विहान ११ वजेर २ मिनेट जाँदा भाउजु विष्णुमाया पौडेलको हातबाट टिका जमरा र आर्शिवाद लिने राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
राष्ट्रपति पौडेलले भाउजुको हातबाट टिका जमरा र आर्शिवाद लिएपछि परिवारका सदस्यहरूलाई टिका लगाइदिने कार्यक्रम रहेको छ। यसैबीच राष्ट्रपति पौडेलले विजया दशमीको दिन सर्वसाधारण तथा अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई समेत टीका दिने कार्यक्रम रहको छ।
उनले विजयादशमीका दिन राष्ट्रपति कार्यालयमा अपराह्न २ः०० देखि ३ः०० बजेसम्म विशिष्ट र ३ः०० देखि ५ः०० बजेसम्म सर्वसाधारणलाई टीका-जमरा लगाइदिने छन्।
राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार पोखरेलले सर्वसाधरणलाई टिका लगाउनका लागि राष्ट्रपति भवनको मूल ढोकामा सहजरुपमा प्रवेशको व्यवस्था गरिएको बताए। टिका ग्रहणका लागि मर्यादित पोशाकमा आउन समेत राष्ट्रपति कार्यालयले आग्रह गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment