देउवाको अभिव्यक्तिमा राप्रपा प्रवक्ता श्रेष्ठको आपत्ति
काठमाडौं।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले आपत्ति जनाएका छन्।
सभापति देउवाले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा दिनहुँ सयौंको संख्यामा युवा र विद्यार्थी विदेश पलाएन भइरहेको भएपनि ‘रहर पुगेपछि फर्किने’ अभिव्यक्ति दिएका थिए।
सत्ता साझेदार दलको प्रमुख नेताले युवा पलायनको गम्भीर विषयमा हल्काफुल्का जवाफ दिनु अशोभनीय भन्दै श्रेष्ठले आपत्ति जनाएका हुन्।
‘युवा पलायन वर्तमानको मात्रै होइन, भावी नेपालका लागि समेत चिन्ताको विषय हो। अहिले नै गाउँ गाउँमा युवा रित्तिएका छन्, ५० लाखभन्दा बढी युवा विदेशीएका छन्, ती मध्ये केही युवा फर्केलान् तर अधिकांशको फर्कने टुंगो छैन,’ श्रेष्ठले भनेका छन्, ‘युवाको अत्यासलाग्दो ढंगबाट भइरहेको विदेश पलायन र स्वदेशमै रहेका युवालाई रोक्ने, सम्मानजनक काम र अवसर सिर्जना गर्ने, विदेशीएका युवालाई स्वदेश फर्काउने, नेपाल निर्माणको साझेदार बनाउनेबारे देशभित्रका शक्तिहरुले साझा राष्ट्रिय संकल्प लिनुपर्ने बेलामा जिम्मेवार दलको जिम्मेवार नेताले दिनुभएको यस्तो अभिव्यक्तिले मलाइ चाहिँ पीडाबोध गराएको छ। हरेक युवामा उहाँले आफ्नो छोरा जयवीर सिंह देउवाको छवि देख्न नसक्नु डरलाग्दो कमजोरी हो।’
श्रेष्ठले दुबइ, कतार, मलेशिया, सिंगापुर जस्ता देशहरु बनाउन सक्ने नेपाली युवाले आफ्नो देश पनि बनाउन सक्ने भन्दै आफ्नो देश बनाउनबाट तिनलाई कसले वञ्चित गरायो? भन्दै लेखेका छन, ‘यो प्रश्नको जवाफ खोज्न ०६२–६३ को परिवर्तन, गणतन्त्र, गणतन्त्रपछि राज्य सञ्चालनको तौरतरिका र गणतन्त्रका नेताहरुलाई धारेहात लगाउनुपर्ने हुन्छ। हामीले मात्रै एकोहोरो भनिरहॅदा विरोध गरेजस्तो मात्रै हुने, संसार देखेका, भोगेका र बुझेका युवाले अब जवाफ खोजुन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment