५०० रुपैयाँले घट्यो सुन भाउ

डिसी नेपाल
१३ कार्तिक २०८० ११:५७
204
Shares

काठमाडौं। लगातार उकालो लाग्दै आएको सुनको भाउ सोमबार भने ओरालो लागेको छ। सोमबार तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार ५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसैगरी तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँमा किनबेच भइरहेको छ।

अघिल्लो दिन आइतबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि सोमबार घटेको छ। चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *