प्रहरीद्वारा गोली प्रहार गरी लागुऔषध कारोबारी दुईजना पक्राउ
काठमाडौं। प्रहरीले काठमाडौंको गोठाटारमा गोली प्रहार गरेर दुईजनालाई पक्राउ गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध कारोबारी दुईजनालाई नियन्त्रणमा लिन गोली चलाएको बताएको छ । प्रहरीले झापाका हर्क लिम्बू र भारतको पश्चिमबंगालका मोहम्मद करिमलाई पक्राउ गरेको हो।
पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै आक्रमण गर्न खोजिएपछि करिममाथि गोली प्रहार गरिएको अपराध महाशाखाले जनाएको छ। उनको दाहिने तीघ्रामा गोली लागेको छ। उनको साथबाट दुई सय ग्राम खैरो हेरोइन र तराजु बरामद गरेको प्रहरीको भनाइ छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment