आजको विदेशी मुद्राको विनिमय दर, युरोको भाउ १४० रुपैयाँ बढी

डिसी नेपाल
१६ कार्तिक २०८० ८:१७
392
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९७ पैसा र बिक्री दर १३३ रुपैयाँ ५७ पैसा कायम गरिएको छ भने युरोपियन युरो एकको खरिद दर १४० रुपैयाँ १७ पैसा र बिक्री दर १४० रुपैयाँ ८० पैसा कायम भएको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ३१ पैसा र बिक्री दर १६२ रुपैयाँ ०४ पैसाले भाउ पाउँदा अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रूपैयाँ ३१ पैसा तथा बिक्री दर ८४ रूपैयाँ ६९ पैसा तथा क्यानेडियन डलर ९५ रूपैयाँ ७९ पैसा तथा बिक्री दर ९६ रूपैयाँ २२ पैसामा कारोबार गर्न सकिनेछ।

युएइ दिराम १ को खरिद दर ३६ रूपैयाँ २० पैसा तथा बिक्री दर ३६ रूपैयाँ ३७ पैसा, साउदी रियाल १ को खरिददर ३५ रूपैयाँ ४४ पैसा तथा बिक्री दर ३५ रूपैयाँ ६० पैसा र कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *