अन्तरध्वनी नेपालको टोलीद्वारा भूकम्पका घाइतेलाई भेरी अस्पतालमा पुगेर मनोपरामर्श
नेपालगञ्ज। राहत प्रदानका लागि भूकम्प प्रभावित क्षेत्र जाजरकोट जाने क्रममा अन्तरध्वनी नेपाल नामक संस्थाको टोलीले नेपालगञ्जस्थित भेरी अस्पताल पुगेर त्यहाँ उपचाररत बिरामीलाई भेटेको छ।
स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य प्रवर्द्धनका क्षेत्रमा काम गर्दै आएको संस्थाले जाजरकोट पुगेर सहयोगका साथै भूकम्प पीडितलाई मनोपरामर्श प्रदान गर्ने संस्थाकी अध्यक्ष जमुना शर्माले बताइन्।
‘हामीले भूकम्प प्रभावित क्षेत्रमा जाँदै गर्दा बाटोमा भेरि अस्पताल पुगेर त्यहाँ उपचाररत बिरामीलाई पनि मनोपरामर्श प्रदान गरेका छौं। यस्तो समयमा आत्मविश्वास बलियो बनाउँदा सहजै दैविक विपतबाट परेको पीडालाई शक्तिमा बदल्न सकिन्छ’, शर्माले भनिन्।
अध्यक्ष शर्मासँगै सचिव सुजिता खनाललगायतको टोली जाजरकोट र रुकुम पश्चिम पुगेर मनोपरामर्श प्रदान गर्ने छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment