जुम्लामा बन्चरो प्रहारबाट ३५ वर्षीय महिलाको हत्या

डिसी नेपाल
८ मंसिर २०८० १९:०६
136
Shares

सुर्खेत । जुम्लामा बन्चरो प्रहारबाट ३५ वर्षीय महिलाको मृत्यु भएको छ।

जिल्लको कनकासुन्दरी गाउँपालिका–३ ओखरपाटकी अन्दाजी ३५ वर्षकी अमृता बुढाको बन्चरो प्रहारबाट  हत्या गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको हो।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक उमेश चन्दका अनुसार सोही वडाका श्यामबहादुर बुढाले बन्चरो प्रहार गर्दा उनको मृत्यु भएको हो ।

शुक्रबार दिउँसो १२ बजेतिर उक्त घटना भएको थियो । प्रहरीले बन्चरो प्रहार गर्ने बुढालाई नियन्त्रणमा लिइसकेको छ । बुढा मृतक अमृताका नाताले देवर पर्दछन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *