भिरबाट लडेर बझाङमा एक महिलाको मृत्यु
बझाङ । बझाङमा भिरबाट लडेर घाइते भएकी महिलाको मृत्यु भएको छ।
लडेर घाइते भएकी बुंगल नगरपालिका–१० दौंडकी २२ वर्षीया सिता बागलाई उपचारको लागि डडेल्धुरा ल्याउँदै गर्दा बिच बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। उनी शनिबार बर्म खोली भन्ने जंगलमा घास काट्ने क्रममा भिरबाट लडेर घाइते भएकी थिइन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment