नेपाल प्रहरीका २६ जना सम्पर्कविहीन
काठमाडौं। नेपाल प्रहरीका २६ जना सम्पर्कविहीन छन्। कुनै पनि जानकारी बिना नै विभिन्न पदमा कार्यरत २६ जना सम्पर्कविहीन भएपछि प्रहरीले जनाएको छ।
आफू माताहातका प्रहरी कर्मचारी जानकारी बिना तीन महिना भन्दा बढी समयदेखि सम्पर्कविहीन भएपछि प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक सुचना निकालेर सम्पर्कमा आउन निर्देशन दिएको छ।
यसरी सम्पर्कमा नआएका २६ जनाको नाममा सार्बजनिक गर्दै प्रहरी प्रधान कार्यालयले एक साता भित्र प्रहरी प्रधान कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो। पहिलो पटक सूचना जारी गर्दासमेत हाजिर नभएको भन्दै उनीहरुलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन आज सूचना प्रकाशित गरेका हो।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment