जबरजस्ती वेश्यावृत्ति गराएको आरोपमा सप्तरीमा दुई जना पक्राउ
सांकेतिक तस्वीर
सप्तरी। राजविराजमा महिलालाई जबरजस्ती वेश्यावृत्ति गराएको आरोपमा दुईजना पक्राउ परेका छन्।
आइतबार प्रहरीले राजविराज नगरपालिका ३ स्थित लक्ष्मी गेष्ट हाउसका संचालक ५७ बर्षीय अरुणचन्द्र मिश्र र म्यानेजर महादेवा गाउँपालिका–२ बस्ने ४१ वर्षीय रामप्रकाश मण्डललाई पक्राउ गरेको हो।
दुबैलाई पक्राउ गरेर मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गतको कसुरमा सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान शुरु गरिएको सप्तरीका प्रहरीका प्रवक्ता एवं डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment